चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमसहित चारविरुद्ध आरोपपत्र दायर

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाईछिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फाराम ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज ०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया