बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच मन्त्री हेरफेरबारे के भयो छलफल ?

सत्ता गठबन्धनका तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रमुखहरुबीच बिहीबार दिउँसो बालुवाटारमा वार्ता भएको छ । 

गठबन्धनका यी तीन दलका नेताहरु कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा २ घन्टाभन्दा बढी छलफल भएको हो । 

छलफलमा आगामि आम निर्वाचनको मितिबारे र गठबन्धनको विषयमा छलफल भएको बताइएको छ । साथै, यी तीन नेताले मन्त्रिपरिषद् हेरफेरबारे पनि छलफल गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री देउवालाई दिएको छ । 

तर, मन्त्रीहरु हेरफेरमा प्रधानमन्त्री देउवाले ग्रिन सिग्नल दिइसकेका छैनन् । 

सरकारले आउँदो कार्तिक र मंसिर गरि दुई चरणमा नेपालमा आम निर्वाचन घोषणा गर्ने गरि तयारी अगाडि बढाएको छ । यही विषयमा यी नेताहरुबीच छलफल भएको हो ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया