सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । 

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैजनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिएअनुसार घटनास्थलमा प्रहरी खटाइएको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १८:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया