नेप्सेमा पुनः १७.६४ अंकले गिरावट

बुधवार ६० अंकभन्दा बढी अंकले बढेको सेयर बजारमा बिहीबार पुनः गिरावट आएको छ ।

बिहीवार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ । 

बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको छ । 

बुधबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो । बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहमध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ । 

जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथि लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको २.७० प्रतिशतले बढेको छ । 



तर यता, सिंगटी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ । त्यस्तै, समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४.३० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १८:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया