ससुरालीमा ५८औँ जन्मदिन मनाउँदै राजेशले पस्किए गुन्द्रुक तिउन

अभिनेता राजेश हमालले आफ्नो ५८औँ जन्मदिन मनाएका छन् । जन्मदिन मनाउँदै उनले आफू अभिनित नयाँ म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् ।

भक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दैअभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजिक भिडियो टिमको तर्फबाट केक पनि काटिएको थियो ।

कार्यक्रमको पोस्टरमा अभिनेता हमालको १८औँ जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मीले आज तपाईंको कतिऔँ जन्मदिन हो ? भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ वर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

 ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गर्दै हमालले भने, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार व्यक्त गर्छु ।’

गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । राजु परियार र करुणा राईको स्वर रहेको छ । देवेन्द्र पाण्डेयले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैँले अभिनय गरेकी छिन् ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २१:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया