चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली पोर्चुगलले सहज जित निकालेको छ । लिग ‘ए’ अन्तर्गत समूह दुईको खेलमा पोर्चुगलले चेक रिपब्लिकविरुद्ध २–० को जित निकालेको हो । 

 जोसे अल्भालाडे स्टेडियममा  पोर्चुगललाई जित दिलाउन जाओ कान्सेलो र गोन्कालो गुडेसले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा गुडेसले गोल गर्पोरेपछि घरेलु टोलीले २–० को सहज जित निकाल्यो 

यो जितसँगै तीन खेलमा सात अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा उक्लिँदा पराजित चेक रिपब्लिक चार अंकका साथ तेस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार ९:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया