जाजरकोटको जुनिचाँदेमा जिप दुर्घटना : दुईको मृत्यु, नाै जना घाइते

जाजरकोटको जुनिचाँदे–५ मा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । आज बिहान ८ बजे जुनिचाँदे–५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जिप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको हो । 

प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ । यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले जिप दुर्घटनामा गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाएको जानकारी दिए।  





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १०:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया