विराटनगर पुगेर ओलीले भने– एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको छैन, प्रदेश र संघ चुनावमा पहिलो हुन्छौं

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले मुलुकमा आफ्नो पार्टी मात्र वामपन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले एमाले मात्र वामपन्थी पार्टी भएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसको पछि लागेर आफुलाई वामपन्थी भन्ने कुनै पनि पार्टीसँग गठबन्धन नहुने दाबी गरे । ओलीले आफ्नो पार्टीले कसैलाई प्रधानमन्त्रीको अफर नगरेकोसमेत स्पष्ट पारे । उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीलाई जनताले पहिलो पार्टी बनाउनेसमेत बताए । 

नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराई पहिलो बनाउने दाबी गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने बताए । 

उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सिट संख्याको हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले एमाले देशको पहिलो पार्टी भएको बताए । अध्यक्ष ओली मोरङका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन विराटनगर आइपुगेका हुन् । 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १२:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया