एमालेसँग एक्लै निर्वाचन लड्ने कसैको हिम्मत छैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचनमा एक्लै लड्न कसैले आँट नगरेको बताएका छन् । एमाले मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोध गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले अरु सबै दल एकातिर भएपनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले भएको बताए । ‘उनीहरुले प्राप्त गरेको मत एक्लै होइन । सबैका जुठा गाँस हुन् ’, उनले भने,‘सिट संख्यामा केही थोरै जित्यौँ, तरपनि मतको आधारमा एमाले सबैभन्दा बढी जनमत भएको पार्टी हो ।’ 

उनले एमालेसँग एक्लै लड्न नसक्ने भएकाले नै पाँच दलीय सत्ता गठबन्धन बनेको आरोप लगाए । सत्ता गठबन्धन टुट्ने वित्तिकै गठबन्धनमा आवद्ध दलहरु सिद्धिने भएकाले एमाले विरुद्ध उभिएको बताए ।  

‘गठबन्धन टुट्यो कि धुलो पिठो हुन्छ । अनि कसरी छुट्छ ? हामीले हीन भाव लिने होइन, कमजोर मनोविज्ञान लिनु हुदैन’, उनले भने,‘अहिले गठबन्धन एकातिर, सिंगो नेपाली जनता एकातिर छन् ।’





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १४:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया