विराटनगरमा एमाले अध्यक्ष ओलीः भगवान थापालगायत डेढ सय प्रवेश गरे एमाले

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा प्रतिष्ठित समाजसेवी, शिक्षासेवी तथा अन्य पार्टीबाट डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराएका छन् । 

शुक्रबार दिउँसो एक कार्यक्रमका लागि विराटनगर पुगेका ओलीले त्यहाँका केही प्रतिष्ठित व्यक्तिहरुलाई एमाले प्रवेश गराएका हुन् ।

शुक्रबारको कार्यक्रमबाट यसअघि राप्रपामा रहेका तथा शिक्षासेवी भगवान थापा पनि एमाले प्रवेश गरेका छन् ।

त्यस्तै, लोसपा नेता नन्दलाल मण्डल, नेकपा माओवादी केन्द्रका नेता तथा ६ नम्बर वडाका पूर्वअध्यक्ष विजय कामतलगायत १ सय ५० भन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १५:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया