झलनाथ खनालले फेरि भने– मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीले पठाएका मन्त्रीहरु फेर्ने पार्टीको निर्णय भएकाले त्यो कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।

उनले तत्काल यो कार्यान्वयनमा आउनु पर्ने भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिनु पर्ने बताएका छन् । 

यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो नगर्न समाजवादीका मन्त्रीहरुले अनुरोध गरेका छन् । 

सरकारको विषयमा फेरि नकारात्मक प्रचार हुने भयले प्रधानमन्त्री देउवाले यो कदम चालिसकेका छैनन् । 

मन्त्रीहरु फिर्ता हुन नमानेपछि र देउवाले नयाँ मन्त्रीहरुको सपथमा चासो नदेखाएपछि खनालले मात्र होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसलाई प्राथमिकतामा राख्न थालेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् ।



आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताएका हुन् । 

खनालले भनेका छन्, ‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ– यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’



सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १६:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया