अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो ।

सन्तोष अधिकारी फिल्म्स् र अमारियाको प्रोडक्सनको संयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहनेछ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ । सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन् ।

अस्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । कथामा चे शंकरको पटकथा छ । फिल्ममा अस्ट्रेलियन छायांकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १७:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया