नक्कली परिक्षार्थीलाई कारबाही गर्न लोकसेवा आयोगको माग
फरकधार / २७ जेठ, २०७९

हेटौंडाको परीक्षा केन्द्रमा भेटिएका नक्कली परीक्षार्थीलाई हदैसम्मको कारबाही गर्न प्रदेश लोकसेवा आयोगले माग गरेको छ । लेखा सहायक चौथोको पदको परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिएको जानकारीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 

०७९ जेठ १९ गते सञ्चालित खुला प्रतियोगितात्मक लिखित परीक्षामा परीक्षार्थी अभयकुमार यादवको नामबाट कास्कीकोट ३, कास्की स्थायी ठेगाना भएका भवानीप्रसाद बस्ताकोटीका छोरा वर्ष ४१ का दीपेन्द्रप्रसाद बस्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पहिचान भएको बागमती प्रदेश लोकसेवा आयोग हेटौंडाले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका निज नक्कली परीक्षार्थीलाई थप अनुसन्धान गरी हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय, मकवानपुर, हेटौंडालाई अनुरोध गरिएको आयोगको कार्यालयका सचिव रामकृष्ण अधिकारीले बताए।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १९:५४:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया