युइएफए नेसन्स लिग अन्तर्गत गएरातिको खेलमा क्रोएसिया विजयी भएको छ । उसले लिग ए अन्तर्गत समूह एकको खेलमा घरेलु टोली डेनमार्कलाई १-० ले पराजित गर्यो । पार्केन स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलको ६९ औँ मिनेटमा मारियो पासालिकले गरेको एक मात्र गोल क्रोएसियालाई जित दिलाउन पर्याप्त बन्यो ।
८७ औँ मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरे पनि अफसाइड ठहरिदा त्यसले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसियाले जित हात पार्यो । यो जितसँगै क्रोएसिया तीन खेलमा चार अंक जोडेर तेस्रो स्थानमा रहँदा हारका बाबजुत पनि डेनमार्क समान खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।