आइसिसी क्रिकेट लिग टु : आज अमेरिकाको सामना गर्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली अमेरिकाको सामना गर्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा नौ बजे खेल सुरु हुनेछ ।

अमेरिका विरुद्ध मैदान उत्रँदा नेपाल  पहिलो जितको खोजीमा हुनेछ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा ओमानलाई ११४ रनले पराजित गरेको थियो ।

यी दुईले हालसम्म चार एकदिवसीय अन्तर्राष्‍ट्रियमा एक अर्काको सामना गर्दा  नेपाल तीन र अमेरिका एक खेलमा विजयी भएका छन् । लिग-२ मा १३ खेलमा १२ अंक जोडेको नेपाल छैटौँ स्थानमा रहँदा अमेरिका २२ खेलमा २६ अंकका साथ तेस्रोमा छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ८:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया