स्टार म्युजिक अवार्ड २०७९ प्रदान, क-कसले पाए ?

स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टीका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडालगायत कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो । 

कार्यक्रममा पूर्वखानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसीलगायतले अवार्ड वितरण गरेका थिए । नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि.को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो । 

यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीतजस्ता विभिन्न विधामा प्रदान गरिएको छ । जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायांकर, संगीत सम्पादकलाई सम्मान गरिएको छ । 

अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी, र सान्वी खतिवडा छन् । आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधिर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन् । 

त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन् । त्यस्तै आधुनिक गीततर्फ महिलामा सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन् । 

त्यस्तै लोकदोहोरी डान्समा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जीव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने लोक दोहोरीतर्फ महिलामा अञ्जली अधिकारी, करिष्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबिना अधिकारीले अवार्ड पाएका छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया