ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुईजनाको मृत्यु भएको छ। 

शनिबार साँझ बाराबाट हेटौँडा आउँदै गरेको भारतीय एनएल०१एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र उनकी २६ वर्षीया छोरी अमिना तामाङको मृत्यु भएको हो। 

घटना घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार २१:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया