विश्व स्वास्थ्य संगठनले भारतमा कोरोनाभाइरसका कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ । यो संख्या भारतले दिएको तथ्यांकभन्दा १० गुणा बढी हो ।
भारत सरकारले विश्व स्वास्थ्य संगठनको यो दाबीप्रति प्रश्न उठाएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारीका कारण विश्वभर डेढ करोडभन्दा धेरैको मृत्यु भएको दाबी गरेको छ । संगठनले भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कम गनिएको भन्दै भारतमा मात्र ५७ लाखको मृत्यु भएको दाबी गरेको हो ।
यो विश्वमा कोरोनाका कारण भएको मृत्युको एक तिहाइ संख्या हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।