तीन दिनदेखि बेपत्ता युवाकाे शव इनारमा भेटियाे

कपिलवस्तु कृष्णनगरका एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका अर्जुन कहारको शव इनारमा डुबेको अवस्था फेला परेको हो ।  

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए।

शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ। उनको हत्या वा आत्महत्या खुलेको छैन। घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ६:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया