हेटौंडामा भारतीय ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु

मकवानपुरको हेटौंडा–९ पशुपतिनगरमा भएको सवारीसाधन दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतबाट ग्यास बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडातर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा बाबु-छोरीको मृत्यु भएको हो । 

दुर्घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको हो । ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ७:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया