काठमाडौंमा डेढ वर्षभित्र सबै तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौं महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ गरिसकिने बताएका छन् ।  महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले विद्युत् प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता पाएको भन्दै महानगरपालिकाले त्यसमा सहकार्य गर्ने बताए । मेयर शाहले काठमाडौं महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको बताए । 
 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १०:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया