शेरबहादुर तामाङको माग : गाँजाबाट क्यान्सर र एड्सको औषधि बन्न सक्छ, व्यवस्थित गरौं

नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सिबीडी र सिबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्नसक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । 

गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । 

गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।  





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १२:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया