क्रिकेट प्रतियोगिता आयोजनाका लागि क्यान र काठमाडौं महानरपालिकाबीच छलफल

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) र काठमाडौं महानगरपालिकाबीच छलफल भएको छ । क्यानले क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेको जनाएको हो ।   

क्यानका अनुसार भेटमा खनाल र शाहबीच महानगरमा क्रिकेट प्रवद्र्धन तथा दोस्रो संस्करणको काठमाडौं मेयर्स कप आयोजनाका प्रस्तावबारे छलफल भएको छ ।   

यसअघि क्यानले काठमाडौं महानगरसँग मिलेर सन् २०२१ मा काठमाडौं मेयर्स कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको थियो । 

क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर महिला मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । यसका दुई संस्करण पूरा भइसकेका छन् ।   





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १४:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया