कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न पाइएन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको उनले बताए । 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको प्रधानमन्त्री देउवाले स्मरण गरे । 

प्रधानमन्त्री देउवाले श्रम ऐन ०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै उनले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढी श्रमिक लाभान्वित हुने विश्वास लिएको बताए । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १७:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया