जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् । 

सदस्य पदमा कांग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । 

सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले बताए ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँचजना सदस्य र माओवादी र समाववादीलाई एकएक सदस्य भाग परेको कांग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए  ।  





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १७:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया