प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित, संशोधन प्रस्ताव अस्वीकृत

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार प्रदेशभाको दशौँ तथा बजेट अधिवेशनको छैटौँ बैठकले प्रदेश १ सरकारले आर्थिक वर्ष ०७९–८० लागि ल्याएको 

प्रदेशभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । 

आइतबारको बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । उनले राजनीतिक मतभेदबाट टाढा रहेर प्रदेशको विकासमा एकताबद्ध भई अघि बढ्नुपर्ने बताए । 

उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरूप नै आगामी वर्षको बजेट आउने दाबी गरे ।
 
सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि पूर्वाग्राही नहुन उनले आग्रह गरे । 

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । 

प्रदेश १ सरकारले आगामी १ असारमा बजेट ल्याउने तयारी गरेको छ । सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभा नियमावली २०७४ को नियम ११४(१) बमोजिम आर्थिक वर्ष २०७९–०८० का लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १८:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया