बाढी पहिरोलगायत विपद्का समयमा खोज उद्वार, राहत वितरणलगायत क्रियाकलापको प्रभाकारितामा वृद्वि गर्न सुर्खेतमा पूर्वाभ्यास गरिएको छ ।
सुर्खेतको भेरिगंगा नगरपालिका–११ र लेकवेशी नगरपालिका–१ जोड्ने भेरी नदीको किनारामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सामाजिक संघसंस्थाले विपद्को क्षति न्यूनीकरणका लागि पूर्वाभ्यास गरेका हुन् ।
विपद् व्यवस्थापन समिति, सुर्खेतद्वारा आयोजित उक्त कार्यक्रममा सुरक्षा निकायले खोज उद्धारको विपद्कला प्रर्दशन गरेको थियो ।
यसका साथै नेपाल रेडक्रस सोसाइटीलगायतका संघसंस्थाले प्राथमिक उपचार, एक–अर्काबीच समन्वयको अभ्यास गरेका थिए ।
विपद्का लागि पूर्वाभ्यास कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, उपप्रमुख निलकण्ठ खनाल, लेकबेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक, नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यलगायतको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।