रोनाल्डोबिनाको पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित

क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल युइएफए नेसन्स लिगअन्तर्गत गएराति स्विट्जरल्याण्ड​सँग १–० गोलअन्तरले पराजित भएको छ । 

घरेलु टोली स्विट्जरल्याण्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

चोटका कारण रोनाल्डो खेलका लागि उपलब्ध थिएनन् । हारसँगै पोर्चुगलले समूह ‘ए’ २ को शीर्षस्थानमा उक्लने मौका गुमायो । ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड ३ अंकसहित पुछारमा छ । 

समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ७:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया