अमेरिका भ्रमणका विषयमा संसदीय समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् । 

उनले समितिको बैंठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफलको सुरुवात गरेको बताउँदै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताइन् ।

उनले भनिन्, ‘आगामी दिनमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ ।’ प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १२:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया