१४० दिनपछि बल्ल खुल्यो त्रिविको ताला

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारी कार्यालय १४० दिनपछि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो । 

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । 'ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ,' उनले भने, 'अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।' 

तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यालय आएर काम गर्न सकेका थिएनन् । उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए । नेपाल विद्यार्थी संघले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरुले जेठ २९ गते ताला खोलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए । 

यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो । 

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया