माधव नेपालले भने– नेपालमा विदेशी सेना रहेको सुनेँ, कहाँ छन् ?
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने माग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञासा राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाब दिए । 

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे पनि जिज्ञासा राखे । 

पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रस्ट पार्न सरकारको ध्यानाकर्षण पनि गराए । 

बैठकमा उनले भने, ‘समितिमा धेरै कुराहरू उठेका छन्। विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन् ? कुन–कुन देशका छन् ?’





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया