तत्काल मलको सहज आपूर्ति गर्न सरकारलाई सभामुखको निर्देशन

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका छन् । 

प्रमुख प्रतिक्षी दल एमालेका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका थिए । 

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएकोमा उक्त छलफलमा ४८ जना सांसदले आफ्नो धारणा राखेका थिए । 

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले दिएको जवाफलाई हेर्दा नेपालमा रासायनिक मलको चरम अभाव रहेको पाइएको जनाएका छन् । यस विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको उनको ठहर छ ।

कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न सभामुखले नेपाल सरकारलाई निर्देश दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया