संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम हेटौँडामा सुरु भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
आज र भोलि हुने कार्यक्रममा प्रदेशको १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख र अध्यक्ष उपाध्यक्षहरुको सहभागिता रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।