कर्णालीमा पेट्रोलियम पदार्थको हाहाकार

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यान, बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ ।

भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारीसाधनको भिड लागेको छ। प्रहरीले सोमबार दिउँसोबाट भिड नियन्त्रण गर्न हम्मे–हम्मे परेको छ। तेल हाल्नेको भिडका कारण सुर्खेत नेपालगन्ज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ। 

हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । 



भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।

‘भारतीय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने । उनका अनुसार मंगलबारदेखि धनगढीबाट ल्याएर भए पनि वितरणमा सहज हुनेछ ।



  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २१:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया