जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका हुन् ।
उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएकी छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यतर्फ निर्विरोध हुनेमा टंकप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।