सीमामा रोकिएका ७५ तेल टयांकर र ४८ ग्यास बुलेट नेपाल भित्रिए

शनिबारदेखि सीमामा रोकिएका पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साँझ सवा ७ बजे नेपाल आएका हुन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सीमामा रोकिएका थिए । । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन। 

भारतीय आयल कर्पोरेसनले एडी कोड राख्नुपर्छ, शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार कर्पोरेसनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको सञ्चिति घटेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्यांकर नेपाल आएको कार्यालय प्रमुख नवविनोद पोखरेलले जानकारी दिए । 

तत्कालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ । आइओसीले छिटै आफ्नो सिस्टम अपडेट गरेर अनलाइनमार्फत आइसिई गेट पोर्टलमा बैंक, एडी कोड, खाता नम्बर, लोकेसनसहितको डाटा प्रविष्ट गर्छ ।

भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासका ४८ वटा बुलेट नेपाल आएका छन् । भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्याई तत्कालै ट्यांकरहरु गनतव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले बताए ।



‘आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्यांककर भन्सार गरेर पठाउँछ,’ उनले भने  । 

नेपालमा आइओसीमार्फत तेल आउने गर्छ, भारतीय आइसिइ गेट पोर्टलमा बैंक, एडी कोड, खाता नम्बर, लोकेसनसहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालू रहेको खाताको पासबुकको फोटो र खाताबाहकको बैंकले जारी गरेको प्रमाणपत्र चाहिन्छ । यी प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नुपर्छ । 



३ दिन तेल आयात रोकिँदा नेपालतर्फ अभाव हुन थालेको थियो । डिजेलको भण्डारण क्षमताभन्दा पेट्रोलको कम भएकाले बजारमा पेट्रोलको अभाव सिर्जना भइसकेको थियो । भन्सारबाट आएको टयांककर तत्कालै प्रदेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राति नै पठाउने व्यवस्था मिलाएको छ । 

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २२:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया