पेरुलाई हराउँदै अस्ट्रेलिया कतार विश्वकपमा छनोट

पेरुलाई हराउँदै एसियाली मुलुक अस्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । गएराति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । 

जहाँ एसियाली पावर हाउस अस्ट्रेलियाले अन्तरमहादेशीय छनोटमा पेरुलाई पराजित गर्‍यो । पेनाल्टीसमेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । 

जहाँ अस्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षीय यी खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए । 

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अस्ट्रेलिया र कतार गरी ६ टिमले विश्वकपमा सहभागिता जनाउने भएका छन् ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ६:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया