युइएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन् ।
घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गर्यो । उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले एक/एक गोल गरे ।
यस्तै, अर्को खेलमा काजखस्तान स्लोभाकियालाई २–१ अन्तरले हराउँदै शीर्षस्थानमा रहेको छ । काजखस्तानको जितमा यान भोरोगोभ्स्की र इलखान एस्टानोभले एक/एक गोल गरे । १० खेलाडीमा सिमित रहेका स्लोभाकियाको लागि माटुस वेरोले सान्त्वना गोल गरे ।
खेलसँगै काजखस्तान ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ । स्लोभाकिया ६ अंक सहित दोस्रो स्थान र अजरवैजान ४ अंक सहित तेस्रो स्थानमा छ । यता, वेलारुस २ अंक सहित पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।