बिहीबारसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको अनुरोध

आज बिहान गण्डकी, बागमती, मधेश र प्रदेश–१ का केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१ का धेरै क्षेत्रमा वर्षा हुने सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 

प्रदेश–१ र मधेसका एक/दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

राति प्रदेश–१ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार प्रदेश–१, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् । 

बिहीबार प्रदेश–१, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू-भागमा वर्षाको आँकलन गरिएको छ । प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ । 

अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ७:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया