आठ क्विन्टल चिनीसहित रूपन्देहीबाट दुईजना पक्राउ
फाइल तस्बिर

आठ क्विन्टल चिनीसहित दुई जना रूपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१ भच्कैयाबाट उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का २२ वर्षीय मीनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्विन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए । बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका–१ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्विन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक मरासिनीका अनुसार बरामद गरिएको एकलाख एकहजार दुईसय रुपैयाँ बराबरको जम्मा ११ क्विन्टल चिनी भन्सार चलान गरी किराना पसलका सञ्चालक पन्त र गाडी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै, प्रहरीले सोही किराना पसलमा खानतलासी गर्दा पाँच केजी र एक केजी प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इन्डिया गेट वास्मती चामल, म्याद गुज्रिएका ३२ प्याकेट हट एण्ड सिप चाउचाउ, ६०० मिलिलिटरको माउन्टेन ड्यू बोत्तल चारवटा समेत जफत गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ९:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया