फुटबलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमले पायो मान्यता

अब फुटबल खेलका क्रममा पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ । कोरोना भाइरसको महामारीपछि लागू गरिएको पाँच खेलाडी परिवर्तनको नियमलाई फिफाले स्थायी बनाएको हो ।

फुटबलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायीरूपमा मान्यता दिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले कोरोनाका कारण रोकिएको फुटबल पुनः सुरु भएपछि पाँच खेलाडी परिवर्तनको नियम बनाएको थियो । २०२२/२३ को सिजन सुरु हुनुअघि यसलाई पूर्ण रूपमा स्थायी नियम बनाइने छ ।

यसअघि फुटबलमा तीन खेलाडी परिवर्तन सकिने नियम थियो । यस्तै, फिफाले यही विश्वकपबाट सेमि अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

विश्वकप आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म कतारमा हुनेछ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ११:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया