\


‘अर्थमन्त्री शर्माले नैतिकरूपमा पदमा बस्न मिल्दैन, उहाँमाथि छानविन हुनुपर्छ’
फरकधार / ३१ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरूसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेको भन्दै अर्थमन्त्री शर्माले नैतिकरूपमा पदमा बस्न नमिल्ने बताएका हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्रीमाथि छानविन हुनुपर्ने माग पनि गरे । उनले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताए ।

‘यति गम्भीर प्रश्न उठेपछि नैतिक रूपले अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ? लायक हुनुहुन्छ? यसको जवाफ संसदलाई चाहिन्छ । म प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन? यो केवल अर्थमन्त्रीको मात्रै विषय हो कि के हो? यसको जानकारी संसदलाई चाहिन्छ,’ पाण्डेले भने, ‘नेकपा (एमाले) को तर्फबाट यो कुरालाई हामी गम्भीरतापूर्वक उठाएका छौँ । यसले देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरू बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरूमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरू गम्भीर अपराध मानिन्छन् ।’ 

सांसद पाण्डेले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गरे । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १२:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया