हङकङ ५४ वर्षपछि एसियन कपमा छनोट, भारतले पनि गर्‍यो स्थान सुरक्षित

हङकङ​ र भारत आगामी वर्ष आयोजना हुने एएफसी एसियन कप फुटबलका लागि छनोट भएका छन् । एसियन कप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराएपछि भारत र हङकङले एसियन कपमा स्थान पक्का गरेका हुन्  ।

छनोटको समूह ‘डी’ का हङकङ र भारतले आफ्नो अन्तिम खेल खेल्नुअघि नै एसियन कपको टिकट काटेका हुन् । यस समूहमा भारत दुई खेलमा ६ अंक जोडेर दोस्रो तथा  हङकङ समान अंकका साथ शीर्ष स्थानमा छन् ।  

समूह चरणको अन्तिम खेलमा यी दुई टोलीले मंगलबार एकअर्काको समान गर्दैछन् । यो खेलको नतिजाले दुवै टोलीलाई कुनै असर गर्ने छैन । किनकि फिलिपिन्सको हारसँगै उनीहरूले कम्तीमा पनि उत्कृष्ट उपविजेताको रूपमा एसियन कप खेल्ने छन् । 

योसँगै हङकङले ५४ वर्षपछि एसियन कपमा स्थान बनाएको छ । उसले पछिल्लोपटक १९६८ मा एसियन कप खेलेको थियो । भारत भने लगातार चौथो तथा समग्रमा पाँचौंपटक एसियन कपमा छनोट भएको हो ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १३:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया