ओमानविरुद्ध नेपाल फिल्डिङमा

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय शृंखलाका लागि संयुक्त राज्य अमेरिकामा रहेको नेपाली टिमले मंगलबार ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । 

सा क्रिकेट मैदानमा ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङको निर्णय गर्दै नेपालले बलिङको निम्तो दिएका हुन् । 

आजको खेलमा लागि नेपाली टिममा एक खेलाडी परिवर्तन भएको छ । सुसन भारीको स्थानमा आज सागर ढकालले मौका पाएका हुन् । 

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । 

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिगमा सबै खेल खेल्ने पहिलो टिम बन्ने । नेपालले भने हालसम्म १४ खेल खेलेको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ । यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ ।



शृंखलामा नेपालले असार एक गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ ।



  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २२:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया