प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि मतदाता नामावली संकलन गर्दै आयोग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । अब केही समयभित्र निर्वाचनको मिति घोषणा हुने भएकाले आयोग तयारीमा जुटेको हो ।  

पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नो स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने आयोगका प्रवक्ता पौडेलले बताए । 

स्थानीय तह निर्वाचन ३० वैशाखमा गर्ने भनेर सरकारले गत २४ माघमा मिति घोषणा गरेपछि २५ माघदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र सरकारबीच परामर्श भइरहेको बताए ।    

कात्तिक अन्तिम साता या मंसिर पहिलो साताभित्र निर्वाचन गर्ने तयारी छ । निर्वाचन आयोगले योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ६:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया