नेसन्स लिगमा हंगेरीविरुद्ध इंग्ल्याण्डको लज्जास्पद हार

युईएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा हंगेरीविरुद्ध १० खेलाडीमा सीमित इंग्ल्याण्ड ४–० पराजित भएको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक/एक गोल गरे ।

खेलको ८२ औं मिनेटमा इंग्ल्याण्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । 

जितसँगै हंगेरी समूह ‘ए’ ३ मा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ६:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया