नेसन्स लिगमा इटालीको पोस्टमा जर्मनीको ५ गोल

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा जर्मनी विजयी भएको छ । घरेलु टोली जर्मनी लिग ‘ए’ समूह तीनअन्तर्गको खेलमा इटालीविरुद्ध ५–२ ले विजयी भएको हो ।

कोरुसिया पार्कमा १० औं मिनेटमा जोसुवा किमिचले जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा इल्के गुण्डोगनले पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

५१ औं मिनेटमा थोमस मुलर तथा ६८ औं मिनेटमा टिमो वर्नरले गोल गर्दा जर्मनी ४–० ले अघि बढ्यो । ६९ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि पाँचौं गोल गरे ।

खेलको ७८ औं मिनेटमा विल्फ्रेड जिनोन्टोले गोल गर्दै इटालीलाई ५–१ को स्थितिमा ल्याए । दोस्रो हाफको थप गरिएको समयमा इटालीका एलेसान्द्रो बास्टोनीले गोल गरेपछि खेल ५–२ को स्थितिमा सकिएको हो ।

जितसँगै चार खेलमा ६ अंक जोडेको जर्मनी दोस्रो स्थानमा रहँदा पराजित इटाली समान खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा हंगेरीले इंग्ल्याण्डमाथि ४–० को सहज जित हात पारेको छ । 

यसअघि शीर्षकमा ‘नेसन्स लिगमा इटालीको पोस्टमा जर्मनीको ५ गोल’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ७:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया