काठमाडौं महानगरपालिका - २९ स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि मंगलबार धारिलो हतियार प्रहार गर्ने चार जना पक्राउ परेका छन् । केही दिन अघि कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीबीच भएको विवादलाई लिएर सुरक्षा गार्ड माथिनै सोही विद्यालयका विद्यार्थीहरुले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी घर भएर हाल तारकेश्वर बाँनिया टार बस्ने जोसेन बानियाँ, रामेछाप घर भएर डिल्ली बजार बस्ने बिपीन खत्री, ओखलढुंगा घरभई हाल घट्टेकुलो बस्ने प्रतिक खतिवडा र काठमाडौं टोखा ढलमलका सञ्जिब भण्डारी (अनमोल) रहेका छन् ।
विद्यार्थीको आक्रमणबाट घाइते भएका सुरक्षा गार्ड मोडेल अस्पतालमा गरिएको उपचार पछि डिस्चार्ज भएको र अवस्था सुधारोन्मुख रहेकोसमेत प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।