युइएफए नेसन्स लिगअन्तर्गत गए रातिको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले जित निकालेका छन् । मंगलबार राति भएको खेलमा बेल्जियमले पोल्याण्ड तथा नेदरल्याण्ड्सले वेल्सलाई हराएका हुन् ।
बेल्जियमले वार्सास्थित नेसनल स्टेडियममा घरेलु टोली पोल्याण्डमाथि १–० को कठिन जित निकाल्यो । मिची बात्सुआईले खेलको १६ औं मिनेटमा गरेको एक मात्र गोल पाहुना टोलीको जितमा निर्णायक बन्यो ।
जित चार खेलमा सात अंक जोडेको बेल्जियम दोस्रो स्थानमा रहँदा पराजित पोल्याण्ड समान खेलबाट चार अंकका साथ तेस्रोमा छ । घरेलु टोली नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । डि कुइप स्टेडियममा खेलको १७ औं मिनेटमा नोआ लाङले नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा कोडी गाक्पोले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
२६ औं ब्रेनन जोनसनले वेल्सलाई २–१ को अवस्थामा ल्याए । थप गरिएको समयमा पाहुना टोलीका लागि गारेथ बेलले गोल गरेपछि खेल दुई/दुई को बराबरीमा पुग्यो ।
थप गरिएकै समयमा माम्फिस डिपाएले गोल गरेपछि घरेलु टोलीले ३–२ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै चार खेलमा १० अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा रहँदा पराजित वेल्स समान खेलबाट एक अंकका साथ अन्तिममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।