न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

उत्तर अमेरिकी राष्ट्र कोस्टारिका कतार विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र  बनेको छ । उसले गएराति सम्पन्न अन्तर महादेशीय प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

कतारको अहमद बिन अली स्टेडियममा खेलको तेस्रो मिनेटमै  जोएल क्याम्पबेलले गरेको एक मात्र गोल कोस्टारिकालाई विश्वकपमा पुर्याउन पर्याप्त बन्यो ।

उनले जेविसन बेनेटको पासलाई सदुपयोग गरेका हुन् । यो जितसँगै कोस्टारिका लगातार तेस्रो  तथा समग्रमा छैटौंपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि  उसले १९९०, २००२, २००६, २०१४ र २०१८ को विश्वकप खेलेको थियो ।   

अब कोस्टारिकाले विश्वकपको समूह ‘इ’ मा रहेर स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ  ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ८:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया